नेपाल आइपुग्नासाथ वृद्धको मृत्यु, कारण खुल्न बाँकी
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । अमेरिकाबाट नेपाल फर्किएका एक वृद्धको काठमाडौंमा मृत्यु भएको छ। गोरखा निवासी ७३ वर्षीय श्यामहरि मरहट्टा नेपाल आउने क्रममा अचेत अवस्थामा भेटिएका थिए।
टर्किस एयरलाइन्सको विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि मरहट्टालाई अचेत अवस्थामा फेला पारिएको थियो। लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
विमानस्थल कार्यालयका अनुसार मरहट्टा आफ्नी श्रीमतीसँगै अमेरिकाबाट नेपाल आएका थिए। उनी विमानमै अस्वस्थ भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखेको छ। मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने बताइएको छ।
प्रहरी र सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेका छन्।







