संघीय संसद्का दुवै सदनको बैठक आज
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक बिहान सवा ११ बजे बस्नेछ।
आजको प्रतिनिधिसभा बैठकमा नियमावली मस्यौदा प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। त्यस्तै, स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक संसदमा पेश गर्ने तयारी गरेका छन्।
बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित दुई महासन्धी पनि पेश हुनेछन्। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम निरीक्षण र बाध्यकारी श्रमसम्बन्धी महासन्धी प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।







