निर्वाचन परिणाममाथि माधव नेपालको प्रश्न

User Image Prime TV News ५ दिन अगाडि
Image of निर्वाचन परिणाममाथि माधव नेपालको प्रश्न

काठमाडौ । नेकपाका सह-संयोजक माधवकुमार नेपालले हालै भएको प्रतिनिधि सभा निर्वाचनको परिणामप्रति शंका व्यक्त गरेका छन्।

शनिबार काठमाडौमा आयोजित अखिल नेपाल महिला सङ्गठनको कार्यक्रममा बोल्दै उनले निर्वाचन निष्पक्ष भएकोमा प्रश्न उठाएका हुन्।

नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी ले पाएको ठूलो सफलतालाई अस्थायी ‘सुनामी’को संज्ञा दिएका छन्। उनले यसका पछाडि रहेका कारणबारे खोजी भइरहेको बताए।

उनका अनुसार निर्वाचनका बेला नेपाली सेना, सरकार, निर्वाचन आयोग र मतपत्र व्यवस्थापनको भूमिकाबारे विभिन्न प्रश्न उठिरहेका छन्। उनले यी विषयहरू भविष्यमा विस्तारै खुल्दै जाने दाबी गरे।

नेपालले निर्वाचन परिणाम स्वाभाविक नभएको संकेत पनि गरेका छन्। कार्यक्रममा उनले नेपालको राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले खेलेको भूमिकाबारे चर्चा गरे। महिला र दलितको अधिकार सुनिश्चित गर्न आफूहरूले लामो समय संघर्ष गरेको उनको भनाइ थियो।

निर्वाचन परिणामपछि केही नेता–कार्यकर्ता निराश बनेको उल्लेख गर्दै उनले आत्तिनु नपर्ने बताए। अहिलेको अवस्था अस्थायी भएकाले पार्टी दृढ भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।