सरकारले २१ खर्ब २४ अर्बको बजेट ल्यायो, हालसम्मकै ठूलो (पूर्णपाठ)
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि हालसम्मकै ठूलो आकारको बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको आय–व्यय अनुमान सार्वजनिक गरेका हुन्।
सरकारले चालूतर्फ सबैभन्दा धेरै १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको छ। यो कुल बजेटको ५९.८ प्रतिशत हो। त्यस्तै पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ (१९.९ प्रतिशत) छुट्याइएको छ।
अर्थमन्त्रीका अनुसार यो बजेट चालू आर्थिक वर्षको संशोधित अनुमानभन्दा करिब २५ प्रतिशत बढी हो। चालू आर्थिक वर्ष २०८२/८३ का लागि सुरुमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याइएको थियो। पछि संशोधनपछि करिब १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँ मात्र खर्च हुने अनुमान गरिएको छ।
सरकारले आगामी बजेटमार्फत विकास निर्माण, आर्थिक वृद्धि र खर्च व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।







