युक्रेन युद्धमा रुसका करिब पाँच लाख सैनिक मारिएको बेलायती दाबी

User Image Prime TV News २ घण्टा अगाडि
Image of युक्रेन युद्धमा रुसका करिब पाँच लाख सैनिक मारिएको बेलायती दाबी

काठमाडौ । बेलायतको गुप्तचर एजेन्सी जीसीएचक्यूले युक्रेन युद्धमा रुसका करिब पाँच लाख सैनिक मारिएको दाबी गरेको छ।

जीसीएचक्यूकी निर्देशक एन किस्ट–बटलरले आफ्नो पहिलो सार्वजनिक सम्बोधनका क्रममा सन् २०२२ देखि जारी युद्धमा रुसले ठूलो सैन्य क्षति बेहोरेको बताएकी हुन्। उनले रुसले बेलायतको भूमिमा जासुसी गतिविधि सञ्चालन गरेको आरोपसमेत लगाइन्। साथै बेलायतसहित नेटो देशहरूविरुद्ध रुसले अघोषित ‘हाइब्रिड युद्ध’ चलाइरहेको दाबी पनि गरिन्।

रुस र युक्रेन दुवैले युद्ध अवधिभर एकअर्काको सैन्य क्षतिको विवरण सार्वजनिक गर्दै आएका छन्। तर आफ्ना क्षतिको वास्तविक तथ्यांक भने खुलाएका छैनन्। यसअघि गत फेब्रुअरीमा युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सन् २०२२ यता युक्रेनका ५५ हजार सैनिक मारिएको बताएका थिए।

सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अझै जारी छ।