नयाँ संसद् भवन तयार नभएपछि पुरानै हलबाट बजेट प्रस्तुत गरिने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आगामी आर्थिक वर्षको बजेट भाषण संघीय संसद्को बहुउद्देश्यीय हलबाटै हुने भएको छ। प्रतिनिधिसभाका लागि निर्माणाधीन नयाँ भवनको प्राविधिक तयारी पूरा नभएपछि पुरानै हल प्रयोग गर्ने निर्णय गरिएको हो।
संघीय संसद् सचिवालय ल नयाँ संसद् भवनमा आवश्यक प्राविधिक पूर्वाधार समयमै तयार हुन नसकेपछि हाल सञ्चालनमा रहेको हलबाटै बजेट प्रस्तुत गरिने जनाएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ हलमा फर्निसिङ तथा अन्तिम सजावटको काम सकिए पनि अडियो, भिडियो र एमसीआर प्रणालीसहितका प्राविधिक पक्ष अझै व्यवस्थित हुन बाँकी छन्।
सिंहदरबारस्थित प्रतिनिधिसभाको नयाँ भवनबाट बजेट भाषण गराउने तयारी केही समयदेखि चलिरहेको थियो। तर आवश्यक परीक्षण र व्यवस्थापन पूरा नभएपछि त्यसलाई तत्काल प्रयोगमा ल्याउन नसकिने निष्कर्ष निकालिएको हो।
हाल प्रतिनिधिसभाको बैठक निर्माणाधीन भवनकै बहुउद्देश्यीय हलमा सञ्चालन हुँदै आएको छ। सोही हलमा शुक्रबार अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नेछ। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।







