नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । नेपाली बजारमा बिहीबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५०० रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो।
अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला २१५ रुपैयाँले ओरालो लाग्दै ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ।
पछिल्ला साताहरूमा लगातार उकालो लागेको सुनको मूल्यमा आएको गिरावटले उपभोक्ता र व्यवसायी दुवैलाई केही राहत मिलेको बताइएको छ।






.jpeg)
