कांग्रेस संसदीय दलको बैठक आज, संसद्को रणनीतिमा छलफल हुने

User Image Prime TV News ६ घण्टा अगाडि
Image of कांग्रेस संसदीय दलको बैठक आज, संसद्को रणनीतिमा छलफल हुने

काठमाडौ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने तय भएको छ ।

बैठकमा भोलि प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटबारे पार्टीको धारणा तय गर्ने तथा बजेट अधिवेशनमा कांग्रेस कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

सरकारले जेठ १५ गते संघीय संसदमा नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । त्यसअघि कांग्रेसले संसदमा उठाउने एजेन्डा, सरकारको बजेटप्रति पार्टीको दृष्टिकोण र सांसदहरूको भूमिकाबारे आन्तरिक रणनीति बनाउन लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को पछिल्लो अवस्थाबारे पनि छलफल हुन सक्ने नेताहरूले बताएका छन् ।