भदौ २३–२४ घटनामा रास्वपा सांसदहरूको भूमिकाबारे अनुसन्धान सिफारिस

User Image Prime TV News एक घण्टा अगाडि
Image of भदौ २३–२४ घटनामा रास्वपा सांसदहरूको भूमिकाबारे अनुसन्धान सिफारिस

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दर्जनभन्दा बढी सांसदहरूको भूमिकामाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न सिफारिस गरेको छ।

आज सार्वजनिक गरिएको प्रतिवेदनमा ती सांसदहरूको घटनासँग सम्बन्धित भूमिका, संलग्नता र गतिविधिबारे थप छानबिन आवश्यक रहेको उल्लेख गरिएको छ। आयोगले उपलब्ध तथ्य र विवरणका आधारमा उनीहरूको भूमिकाबारे विस्तृत अनुसन्धान अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो।

प्रतिवेदनमा आन्दोलनका क्रममा देखिएको सुरक्षा चुनौती, प्रदर्शनको नेतृत्व संरचना तथा पछि विकसित भएको हिंसात्मक अवस्थाबारे विभिन्न पक्षहरूको जिम्मेवारी पनि विश्लेषण गरिएको छ। आयोगले यसअघि नै भदौ २३ र २४ गतेको प्रदर्शन शान्तिपूर्ण अवस्थाबाट हिंसात्मक मोडमा जानुमा आयोजक, घुसपैठ र सुरक्षा निकाय सबैको भूमिका रहेको निष्कर्ष निकालेको थियो।

हालको सिफारिसले त्यस घटनासँग जोडिएका राजनीतिक व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान आवश्यक रहेको संकेत गरेको छ। 

यी हुन् प्रतिवेदनमा उल्लेख भएका सांसदहरु
पुरुषोत्तम यादव
गणेश कार्की
सुलभ खरेल
बब्लु गुप्ता
कृष्ण कार्की
डा. तोषिमा कार्की
राजीव खत्री
केपी खनाल
दीपक बोहरा
मनिष झा
ज्वाला संगौला
सुधन गुरुङ
आशिका तामाङ