कैदीबन्दी बाहिर निकाल्ने घटनामा संलग्नता रहेको भन्दै रवि लामिछानेलाई कारबाही गर्न आयोगको सिफारिस

User Image Prime TV News एक घण्टा अगाडि
Image of कैदीबन्दी बाहिर निकाल्ने घटनामा संलग्नता रहेको भन्दै रवि लामिछानेलाई कारबाही गर्न आयोगको सिफारिस

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्दै विभिन्न व्यक्तिमाथि कारबाही सिफारिस गरेको छ।

आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा रवि लामिछाने सहित केही व्यक्तिहरूको संलग्नताबारे निष्कर्ष निकालिएको छ। प्रतिवेदनअनुसार आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर निकाल्ने घटनामा लामिछानेको संलग्नता रहेको उल्लेख गर्दै उक्त कार्यलाई फौजदारी प्रकृतिको अपराधको रूपमा व्याख्या गरिएको छ।

यसै आधारमा आयोगले उनलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ। साथै जेलर सत्यराज जोशी तथा सांसदहरू मनिष झा र हरि ढकाल माथि पनि सूक्ष्म अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सुझाव दिएको छ।

आयोगले जेनजी आन्दोलनका घटनामा भएका सबै पक्षको भूमिका अध्ययन गर्दै राज्य संयन्त्रलाई थप जवाफदेही बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।