नेप्से परिसूचक झण्डै ५ अंकले बढ्यो, कारोबार ६ अर्ब नाघ्यो

User Image Prime TV News एक घण्टा अगाडि
Image of नेप्से परिसूचक झण्डै ५ अंकले बढ्यो, कारोबार ६ अर्ब नाघ्यो

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज झण्डै ५ अंकले बढेको छ। नेप्से परिसूचक ४.९९ अंकले वृद्धि भई २,७८२.१० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ परिसूचक १.२१ अंकले बढेर ४७५.५१ विन्दुमा पुगेको छ।

आज कारोबारमा १५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १०५ कम्पनीको मूल्य घटेको छ। १४ कम्पनीको मूल्य भने स्थिर रहेको छ। कुल ३५४ कम्पनीका १ करोड ५२ लाखभन्दा बढी कित्ता शेयर ६ अर्ब ३ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ।

कारोबारका आधारमा आँधु खोला जलविद्युत् कम्पनी, रिडी पावर, नेशनल हाइड्रोपावर, अपि पावर र ङ्यादी ग्रुप पावर अगाडि रहेका छन्। त्यस्तै, कालीञ्चोक हाइड्रोपावर, बुङ्गल हाइड्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र केही जलविद्युत् कम्पनीका लगानीकर्ताले लाभ कमाएका छन्।

डिबेन्चर तथा केही बैंकिङ क्षेत्रका कम्पनीहरूमा भने गिरावट देखिएको छ।