सुन घट्यो, चाँदी बढ्यो

User Image Prime TV News एक घण्टा अगाडि
Image of सुन घट्यो, चाँदी बढ्यो

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको हो। त्यसैगरी चाँदीको मूल्य भने बढेको छ। मंगलबार प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८० रुपैयाँ पुगेको छ, अर्थात् २० रुपैयाँले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।