देशभर ६२ लाखभन्दा बढी सवारीसाधन दर्ता, मोटरसाइकलको हिस्सा सबैभन्दा बढी

User Image Prime TV News एक घण्टा अगाडि
Image of देशभर ६२ लाखभन्दा बढी सवारीसाधन दर्ता, मोटरसाइकलको हिस्सा सबैभन्दा बढी

काठमाडौ । अर्थ मन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभर ६२ लाख ४९ हजार सवारीसाधन दर्ता भएका छन्।

सर्वेक्षणअनुसार दर्ता भएका सवारीमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेका छन्, जसले कुल सवारी संरचनामा दुईपांग्रे सवारीको प्रभुत्व देखाउँछ। चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म ८ महिनामा मात्रै बस, मिनीबस, ट्रक, माइक्रोबस, कार तथा मोटरसाइकलसहित कुल २ लाख ८१ हजार ९ सय २१ सवारीसाधन दर्ता भएका छन्।

स्मार्ट लाइसेन्स वितरणतर्फ यस अवधिमा ४३ हजार ७५० थान वितरण गरिएको छ भने अहिलेसम्म कुल ४१ लाख १४ हजार १८१ लाइसेन्स वितरण भइसकेको तथ्यांक छ। त्यस्तै इम्बोस्ड नम्बर प्लेटतर्फ फागुनसम्म ८७ हजार १४ थान उत्पादन भएकोमा ५ हजार १८६ थान मात्र जडान भएको उल्लेख छ।

अहिलेसम्म कुल ८८ हजार ३ सय ४० नम्बर प्लेट जडान भएको सर्वेक्षणमा उल्लेख छ।