राजस्व बढ्यो, खर्च पनि बढ्यो तर विकास खर्च कमजोर
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । अर्थ मन्त्री स्वर्णिम वाग्लेले संसदमा पेश गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व ३.२ प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरी संघीय खर्च १०.४ प्रतिशतले बढेको छ। तर पुँजीगत खर्च (विकास खर्च) भने अपेक्षित रूपमा सुधार हुन नसकेको बताइएको छ। अर्थमन्त्री वाग्लेले यस अवधिमा आन्तरिक र बाह्य ऋण गरी करिब ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरिएको जानकारी दिए।
सरकारको वित्त सन्तुलन ५८ अर्ब रुपैयाँ घाटामा रहेको छ भने प्राथमिक सन्तुलन ९ अर्ब रुपैयाँ घाटामा रहेको सर्वेक्षणमा उल्लेख छ।







