फिफा विश्वकपका लागि अमेरिकाको टोली घोषणा
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको छ।
आयोजक राष्ट्रमध्ये एक रहेको अमेरिकाको टोली मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनो ले घोषणा गरेका हुन्। उनले टोली छनोट गर्नु कठिन भएको बताए र सबै खेलाडीलाई धन्यवाद पनि दिएका छन् । अमेरिकाले विश्वकप यात्रा जुन १२ मा लस एन्जलसमा पाराग्वेविरुद्ध खेल्दै सुरु गर्नेछ।
त्यसपछि जुन १९ मा अष्ट्रेलिया र जुन २५ मा टर्कीसँग खेल्ने तालिका छ।
अमेरिकाको टोली
गोलरक्षक: क्रिस ब्राडी, म्याट फ्रीस, म्याट टर्नर
डिफेन्डर: म्याक्स आर्फस्टेन, सर्जिनो डेस्ट, एलेक्स फ्रीम्यान, मार्क म्याकेन्जी, टिम रीम, क्रिस रिचर्ड्स, एन्टोनी रोबिन्सन, माइल्स रोबिन्सन, जो स्केली, अस्टन ट्रस्टी
मिडफिल्डर: टायलर एडम्स, सेबास्टियन बर्हाल्टर, वेस्टन म्याकेनी, क्रिस्टियन रोल्डन, ब्रेन्डेन आरोनसन, क्रिश्चियन पुलिसिक, जियो रेना, मलिक टिलम्यान, टिमोथी वेह, एलेजान्ड्रो जेन्डेजास
फरवार्ड: फोलारिन बालोगुन, रिकार्डो पेपी, हाजी राइट







