अदालतमा तारेख बुझ्न पुगे रवि लामिछाने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौ जिल्ला अदालत पुगेका छन्।
उनी स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा तारेख बुझ्न अदालत गएका हुन्। अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार लामिछानेले आजको तारेख बुझेका छन्। अब यो मुद्दाको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन भएको आरोपमा दर्ता भएको मुद्दामा लामिछाने यसअघि ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। यो मुद्दा अहिले काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।







