प्रधानमन्त्रीको सम्बोधनबारे रास्वपा र सचिवालयबीच विवाद
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आएर सम्बोधन गर्ने बताएका भए पनि मिति तय नभएपछि नयाँ अन्योल सिर्जना भएको छ।
रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको सम्बोधनको मिति संसद बैठकमै घोषणा हुने बताएका थिए। तर पछि प्रधानमन्त्रीको सचिवालयले मिति सार्वजनिक नगर्न भनेको जानकारी आएको छ।
सिंहदरबारमा विभिन्न दलका प्रमुख सचेतकबीच भएको छलफलमा प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने सहमति बनेको बताइएको थियो। त्यसपछि अवरुद्ध संसद खुलाउने समझदारी पनि भएको थियो। तर मिति घोषणा नभएपछि बुर्लाकोटीले प्रधानमन्त्री सम्भवतः एक साताभित्र संसदमा आउने बताए। विपक्षी दलहरूले भने यसलाई पर्याप्त नमान्दै स्पष्ट मिति माग गरिरहेका छन्।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउने विषयमा आफू गम्भीर रहेको बताएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदलाई लगातार बेवास्ता गरे थप विरोध गर्ने चेतावनी दिएका छन्।







