प्रधानमन्त्री बालेन्द्र शाह संसद् चलेकै दिन सदनमा उपस्थित हुनुहुन्छः सभामुख
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद् चलेकै दिन सदनमा उपस्थित हुने बताएका छन्। प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र सम्बोधनको माग गरेपछि सभामुख अर्यालले यस्तो आश्वासन दिएका हुन्।
विपक्षी दलहरूले प्रधानमन्त्री कहिले संसदमा आउने भन्ने स्पष्ट मिति तय गर्न र सभामुखबाट औपचारिक रुलिङ गर्न माग गरेका थिए। जवाफमा सभामुख अर्यालले प्रधानमन्त्रीसँग समन्वय भइरहेको र सदन चलेकै दिन उनलाई उपस्थित गराइने बताए। प्रधानमन्त्रीले समय तय गरेपछि संसदलाई जानकारी गराइने पनि उनले उल्लेख गरे।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री एक हप्ताभित्र संसदमा आउन सक्ने बताएका थिए। विपक्षी दलहरूले भने प्रधानमन्त्रीको उपस्थितिको मिति स्पष्ट हुनुपर्ने माग जारी राखेका छन्।







