संसद बैठकबाट कांग्रेस सांसद गीता सेन्दाङलाई बाहिर निकालियो

User Image Prime TV News एक महिना अगाडि
Image of संसद बैठकबाट कांग्रेस सांसद गीता सेन्दाङलाई बाहिर निकालियो

काठमाडौ । प्रतिनिधिसभा बैठकका क्रममा गीता सेन्दाङलाई मर्यादापालकले बैठक कक्षबाट बाहिर निकालेका छन्।

बैठक चलिरहेका बेला मोबाइलबाट तस्वीर र भिडियो खिचेको भन्दै उनलाई बाहिर लगिएको बताइएको छ। यस घटनाप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेसका सचेतक निस्कल राईले यस विषयमा सभामुखको ध्यानाकर्षण गराउने बताएका छन्।

कांग्रेस सांसद गीता गुरुङका अनुसार नियमावलीमा सभामुखले पहिले चेतावनी दिनुपर्ने व्यवस्था रहेको छ। त्यसपछि मात्रै मर्यादापालक प्रयोग गर्न पाइने उल्लेख छ। उक्त घटनापछि संसद बैठक केही समयका लागि स्थगित गरिएको थियो।