नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि घट्यो
Prime TV News ९ घण्टा अगाडि 
काठमाडौ । नेप्से परिसूचक आज ९.२४ अंकले घटेर २,७७७.१० विन्दुमा पुगेको छ। आज सेयर बजारमा ३४२ कम्पनीका सेयर कारोबार भएका छन्।
तीमध्ये ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ। आज कुल १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार रुपैयाँमा किनबेच भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब १९ प्रतिशतले कम हो।
सूचीकृत समूहहरूमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा समूहको परिसूचक मात्रै बढेको छ। बाँकी सबै समूहका परिसूचक घटेका छन्। सबैभन्दा धेरै गिरावट लगानी समूहमा देखिएको छ। आजको कारोबारमा कालिञ्चोक हाइड्रोपावर कम्पनी, खुतेली बरेखी स्मल हाइड्रोपावर कम्पनी र त्रिशूली जलविद्युत कम्पनी का सेयरधनीले सबैभन्दा बढी नाफा कमाएका छन्।
त्यस्तै, सुपर खुदी हाइड्रोपावर कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था का सेयरधनीले सबैभन्दा बढी घाटा व्यहोरेका छन्।







