प्रधानमन्त्रीको आज पनि खोजी भयो संसदमा, विपक्षीको विरोध

User Image Prime TV News १० घण्टा अगाडि
Image of प्रधानमन्त्रीको आज पनि खोजी भयो संसदमा,  विपक्षीको विरोध

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिको विषय उठाउँदै विरोध जनाएका छन्।

सभामुखले आकस्मिक, शून्य र विशेष समय सकिएपछि कार्यसूची अगाडि बढाउन खोज्दा विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका थिए। त्यसपछि बैठक केही समय अवरुद्ध भएको थियो। विरोधपछि सभामुखले बासना थापालाई बोल्ने अवसर दिएका थिए। उनले सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि व्यक्त गरिन्।

थापाले संसदलाई केवल बहुमतको आधारमा चलाउन नहुने बताइन्। उनका अनुसार संसद विचार, छलफल र सहमतिबाट चल्ने लोकतान्त्रिक संस्था हो। उनले सरकार बहुमतको दम्भमा अघि बढेको र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउन खोजिएको आरोप पनि लगाइन्।

साथै, प्रधानमन्त्रीसँग हुने छलफल र प्रश्नोत्तरमा जनताका मुद्दा बेवास्ता गरिएको उनको भनाइ थियो। थापाले संसदका समितिहरू प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्। उनले बहुमत सरकार चलाउने आधार भए पनि लोकतन्त्र सहमति र संवादमा चल्नुपर्ने बताइन्।