प्रधानमन्त्री संसदप्रति अनुपस्थित रहेको भन्दै एमालेको आपत्ति

User Image Prime TV News १० घण्टा अगाडि
Image of प्रधानमन्त्री संसदप्रति अनुपस्थित रहेको भन्दै एमालेको आपत्ति

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र शाह संसद प्रति जवाफदेही नभएको भन्दै आपत्ति जनाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री संसदमा उपस्थित नभएर छल्ने प्रयास गरेको आरोप लगाए। महरले संसद लोकतन्त्रको मुख्य थलो भएको भन्दै यसलाई बेवास्ता गर्नु उचित नहुने बताए।

उनले सरकार संसदसँग टाढा हुँदै गएको र यसले लोकतान्त्रिक अभ्यास कमजोर पार्ने खतरा रहेको दाबी गरे। उनले प्रधानमन्त्री उपस्थित नभएसम्म संसदका केही काम अघि बढ्न नसक्ने अवस्था रहेको पनि उल्लेख गरे। महरले नेपालको संविधान अनुसार सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था रहेको भन्दै त्यसको पालना गर्न सरकारलाई आग्रह गरे।