प्रधानमन्त्री बालेन्द्र शाहको ईयू राजदूतहरूसँग भेट
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल स्थित युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन्।
सिंहदरबारमा भएको उक्त भेटमा नेपालको वर्तमान आवश्यकता, विकासका प्राथमिकता र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार भेटमा नेपाल–ईयू सम्बन्धलाई अझ बलियो बनाउने विषयमा पनि कुरा भएको थियो।
भेटका क्रममा सहभागी राजदूत तथा मिसन प्रमुखहरूले नेपालसँग सहकार्यलाई थप विस्तार गर्ने इच्छा व्यक्त गरेका छन्। यसअघि पनि प्रधानमन्त्री शाहले विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।







