उखु किसानको भुक्तानी, मल अभाव र नदी कटानबारे सरकारको ध्यानाकर्षण

User Image Prime TV News ११ घण्टा अगाडि
Image of उखु किसानको भुक्तानी, मल अभाव र नदी कटानबारे सरकारको ध्यानाकर्षण

काठमाडौ । प्रतिनिधिसभामा सांसद अमरेशकुमार सिंहले उखु किसानको बक्यौता भुक्तानी तत्काल गर्न सरकारसँग माग गरेका छन्।

बैठकमा बोल्दै उनले चिनी मिलहरूले अझै उखु किसानलाई भुक्तानी नगरेको भन्दै असन्तुष्टि जनाए। साथै, सरकारले दिने अनुदानसमेत किसानसम्म समयमै नपुगेको उल्लेख गर्दै तत्काल रकम उपलब्ध गराउन आग्रह गरे।

सांसद सिंहले रोपाइँको सिजन नजिकिँदै गएको भन्दै मलको आपूर्ति सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार बजारमा मलको अभाव कायमै रहेकाले कृषकहरू समस्यामा परिरहेका छन्।

त्यसैगरी उनले सर्लाही को बरहथवा नगरपालिका क्षेत्रमा बागमती नदीको कटान तीव्र हुँदा ठूलो संख्यामा स्थानीय बासिन्दा जोखिममा परेको बताए। करिब ५० हजारभन्दा बढी नागरिक विस्थापित हुने अवस्था देखिएको भन्दै उनले तत्काल संरक्षण र दीर्घकालीन समाधानको माग गरे।