ग्यालेक्सी फोरकेका सामान उठाउन काठमाडौं महानगरको १५ दिने सूचना

User Image Prime TV News १६ घण्टा अगाडि
Image of ग्यालेक्सी फोरकेका सामान उठाउन काठमाडौं महानगरको १५ दिने सूचना

काठमाडौ । काठमाडौ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालि लाई १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। महानगरले ग्यालेक्सी फोरके टेलिभिजनसँग सम्बन्धित सामान तत्काल उठाउन आग्रह गरेको हो।

भाडा असुल र घरजग्गा खाली गराउने मुद्दामा महानगरको न्यायिक समितिले घरधनीको पक्षमा फैसला गरेपछि यो प्रक्रिया अघि बढाइएको बताइएको छ। पछि पाटन उच्च अदालतले पनि निर्णय कार्यान्वयन गर्न आदेश दिएको थियो।

महानगरका अनुसार निर्णय कार्यान्वयन भएको लामो समयसम्म पनि कार्यालयका सामान नहटाइएपछि नयाँ सूचना जारी गरिएको हो। सूचनामा १५ दिनभित्र बाँकी बहाल रकम बुझाएर सामान लैजान भनिएको छ। अन्यथा नियमअनुसार सामान लिलाम गरिने चेतावनी दिइएको छ।

ग्यालेक्सी ग्यालेक्सी फोके राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्व र जिवी राइ लगायतको लगानीमा सञ्चालनमा आएको टेलिभिजन हो।