विश्वकप–२०२६ का लागि कोलम्बियन टोलीको घोषणा
Prime TV News १५ घण्टा अगाडि 
काठमाडौ । विश्वकप–२०२६ का लागि कोलम्बियन टोलीको घोषणा भएको छ । लुइस डियाज र जेम्स रोड्रिगेजलाई समेट्दै मुख्य प्रशिक्षक नेस्टर लोरेन्जोले सोमबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।
रोड्रिगेज तेस्रोपटक विश्वकपमा सहभागिता जनाउँदै छन् । यसअघि, उनले सन् २०१४ र २०१८ को विश्वकप खेलेका थिए । २०२२ मा सम्पन्न पछिल्लो संस्करणमा भने कोलम्बिया छनोट हुन सकेको थिएन ।
रोड्रिगेजले सन् २०१४ मा गोल्डेन बुट जितेका थिए । डियाजका लागि भने यो पहिलो विश्वकप हुनेछ । फिफा विश्वकप जुन १२ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदै छ । समूह ‘के’मा कोलम्बिया, पोर्चुगल, उज्वेकिस्तान र डीआर कंगो छन् ।
कोलम्बियाले जुन १७ मा उज्वेकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । टोलीले जुन २३ मा कंगो र जुन २७ मा पोर्चुगलसँग खेल्नेछ ।







