अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उप–विदेशमन्त्री नेपाल आउँदै
Prime TV News १५ घण्टा अगाडि 
काठमाडौ । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उप–विदेशमन्त्री सारा बी रोजर्स तीन दिने नेपाल भ्रमणमा आउने भएकी छन् ।
नेपाल भ्रमणको सिलसिलामा उनी जेठ १६ गते काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि नेपाल आउन लागेकी उनी अमेरिकी सबैभन्दा वरिष्ठ कूटनीतिज्ञ हुन् ।
यसअघि अप्रिल ३० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जेओ गोर नेपाल आएका थिए ।







