प्रधानमन्त्री शाहले आज इयू देशका राजदूतहरूसँग भेट गर्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली युनियनमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे भेट कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल हुनेछ।
भेटका क्रममा नेपाल र इयू देशबीचको सम्बन्ध अझ सुदृढ बनाउने विषयमा पनि कुराकानी हुने बताइएको छ।यसअघि पनि प्रधानमन्त्री शाहले विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।






