रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै

User Image Prime TV News एक दिन अगाडि
Image of रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दुईदिने भारत भ्रमणमा जाने भएका छन्।

सभापति लामिछाने पत्नी निकिता पौडेल, सचिवालयका सदस्य तथा केही सांसदसहित भारत जान लागेको पार्टी स्रोतले जनाएको छ। भ्रमणका क्रममा उनले भारतका सत्तारुढ दलका प्रतिनिधिसहित अन्य राजनीतिक दलका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको मिति भने केही दिनभित्र सार्वजनिक गरिने बताइएको छ। रास्वपाले यस भ्रमणलाई राजनीतिक भेटघाट र सम्बन्ध विस्तारका रूपमा लिएको जनाएको छ।

यस अघि प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने र तयारी भै रहेको बताइए पनि मिति भने सार्वजिनक गरिएको थिएन । प्रधानमन्त्री शाहको भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव आउने मिति तय भएको भएपनि अन्तिम समय स्थगित भएको थियो ।