सरकार भन्छः रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्रीको भ्रमण फरक विषय हुन्

User Image Prime TV News एक दिन अगाडि
Image of सरकार भन्छः रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्रीको भ्रमण फरक विषय हुन्

काठमाडौ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणलाई प्रधानमन्त्रीको भ्रमणसँग जोडेर नहेर्न आग्रह गरेका छन्।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा मन्त्री पोखरेलले यस्तो बताएका हुन्। रास्वपा सभापति लामिछाने जेठ १८ र १९ गते भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ। यसलाई प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणसँग तुलना गरिएको विषयमा सरकारको ध्यानाकर्षण भएको थियो।

मन्त्री पोखरेलले प्रधानमन्त्रीको विदेश भ्रमण उपयुक्त समयमा हुने बताए। उनले अहिले सरकार पहिलो १०० दिनका काममा केन्द्रित रहेको उल्लेख गरे। “प्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन, अन्य कुनै देशमा पनि जानुभएको छैन। अहिले सरकार काममा केन्द्रित छ,” उनले भने।

उनले रवि लामिछानेको भ्रमण व्यक्तिगत तथा पार्टीगत कार्यक्रम भएको स्पष्ट पारे। “उहाँ आफ्नो ढंगले भ्रमणमा जानुभएको हो। त्यसलाई प्रधानमन्त्रीको भ्रमणसँग जोड्न मिल्दैन,” मन्त्री पोखरेलले बताए।