सेयर बजारमा करिब २८ अंकको वृद्धि, कारोबार करिब ६ अर्ब
Prime TV News एक दिन अगाडि 
काठमाडौ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार बढेर बन्द भएको छ। आगामी आर्थिक वर्षको बजेट नजिकिँदै गर्दा लगानीकर्तामा देखिएको उत्साहले बजारमा सकारात्मक प्रभाव परेको हो। आज नेप्से परिसूचक आज २७.८५ अंकले बढेर २,७८६.३५ विन्दुमा पुगेको छ। बजार करिब १ प्रतिशतले वृद्धि भएको हो।
आजको कारोबारमा २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ। ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.८५ अंकले बढेर ४७५.७४ विन्दुमा पुगेको छ। १३ मध्ये १२ उपसूचक बढेका छन् भने १ उपसूचक घटेको छ।
कारोबार रकम पनि बढेको छ। आज ३४२ कम्पनीका करिब १ करोड ४५ लाख कित्ता सेयर किनबेच हुँदा झन्डै ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजार विश्लेषकका अनुसार बजेट नजिकिँदै गर्दा नीतिगत अपेक्षाले लगानीकर्ताको मनोबल बढेको देखिन्छ, जसले सेयर बजारमा सुधार ल्याएको हो।







