सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ

User Image Prime TV News एक दिन अगाडि
Image of सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ

काठमाडौ । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् आइतबार यही सुन प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १४० रुपैयाँले वृद्धि हुँदै ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव तथा अमेरिकी डलरको विनिमय दरका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन हुने गरेको छ ।