सरकारद्वारा विपद् जोखिम न्यूनीकरणमा उच्च सतर्कता अपनाउन निर्देशन, नागरिकलाई सचेत रहन आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सम्भावित प्राकृतिक विपद्को जोखिम बढ्दै गएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् पूर्वतयारी र प्रतिकार्यमा सक्रियता बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई उच्च सतर्कता अपनाउन र विपद्का सम्भावित असरहरू न्यूनीकरणमा जुट्न आह्वान गरिएको छ।
यस अवधिमा बाढी, डुबान र पहिरो जस्ता घटनाको जोखिम बढ्न सक्ने भएकाले नागरिकहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।
सचिवालयले जोखिमपूर्ण स्थानमा अनावश्यक यात्रा नगर्न तथा सरकार वा सम्बन्धित निकायबाट जारी हुने सूचना र निर्देशनहरू पालना गर्न पनि सबैलाई अनुरोध गरेको छ।













