जात व्यवस्था विरुद्ध माइतीघरमा प्रदर्शन, नवराज विकसहितका घटनामा न्यायको माग

User Image Prime TV News २ दिन अगाडि
Image of जात व्यवस्था विरुद्ध माइतीघरमा प्रदर्शन, नवराज विकसहितका घटनामा न्यायको माग

काठमाडौ । जात व्यवस्था र त्यसबाट हुने विभेद तथा हिंसाको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको प्रदर्शनमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित र्‍याली निकालेका थिए। प्रदर्शनकारीहरूले ६ वर्षअघि रुकुमको सोतीमा मारिएका नवराज विकसहित ६ युवाको घटनालाई सम्झिँदै उनीहरूका लागि न्यायको माग गरेका छन्।

उनीहरूले जातीय विभेदका कारण हुने हिंसा अन्त्य गर्न राज्य गम्भीर हुनुपर्ने बताए। त्यसैगरी, भूमिहीन दलितलाई खेतीयोग्य जमिन उपलब्ध गराउनुपर्ने, दलित विद्यार्थीका लागि छात्रवृत्ति र निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग पनि अघि सारिएको छ।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।