सुन र चाँदीको मूल्य घट्यो
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ। आज सुनको मूल्य २ लाख ९० हजार ९ सय रुपैयाँ प्रतितोला कायम भएको छ। शुक्रबार भने सुन २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार चाँदी ५ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदी प्रतितोला १०५ रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ५ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।







