जनताको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री पोखरेल
Prime TV News २ दिन अगाडि 
काठमाडौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले जनताका समस्या विस्तारै समाधान गर्दै जाने बताएका छन्।
आइतबार काठमाडौं क्षेत्र नं ५ मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले सडक, ढल, बिजुली र खानेपानीका समस्या समाधानका लागि पहल गर्ने बताए। सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले जनताको कुरा सुनेर काम गर्ने सरकारको नीति रहेको बताए।
कार्यक्रममा उनले शिक्षा मन्त्रालयले गरेका काम र आगामी योजनाबारे पनि जानकारी दिएका थिए। उनले देशभरका सामुदायिक विद्यालयको अवस्था अध्ययन गरेर आवश्यकताअनुसार बजेट दिने योजना रहेको बताए। अब सबै विद्यालयलाई बराबरी बजेट नदिई, जसलाई बढी आवश्यकता छ त्यहीअनुसार बजेट पठाइने उनले बताए।
मन्त्री पोखरेलले विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया पनि पारदर्शी बनाइने जानकारी दिए। उनका अनुसार योग्य र दक्ष व्यक्तिलाई छनोट गर्न विज्ञ समिति गठन गरिनेछ।







