दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली टोली घोषणा

User Image Prime TV News २ दिन अगाडि
Image of दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गर्दै दीपेन्द्र सिंह ऐरीलाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ। यसअघि टोलीको नेतृत्व गर्दै आएका रोहित पौडेल भने टोलीमा यथावत् रहेका छन्।

क्यानद्वारा सार्वजनिक १४ सदस्यीय टोलीमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम समावेश छन्।

आगामी मे ३१ देखि जुन ९ सम्म सिंगापुर मा हुने प्रतियोगिता टी–२० ढाँचामा सञ्चालन हुनेछ। नेपाल समूह चरणमा चीन, कतार र मलेसिया सँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। नेपालले पहिलो खेल मे ३१ मा चीनसँग खेल्नेछ। त्यसपछि जुन २ मा कतार र जुन ४ मा मलेसियासँग प्रतिस्पर्धा गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतियोगिताको अर्को समूहमा आयोजक सिंगापुरसहित ओमान, हङकङ र बहरेन रहेका छन्। प्रतियोगितालाई नेपाली टोलीका लागि आगामी अन्तर्राष्ट्रिय तयारीको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।