श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बहिष्कार गर्‍यो

User Image Prime TV News ५ दिन अगाडि
Image of श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बहिष्कार गर्‍यो

काठमाडौ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। आफ्ना माग पूरा नगरी

सभामुखले बैठकको कार्यसूची अघि बढाएको भन्दै सो पार्टीले संसद् छोडेको हो। पार्टीका सांसदहरूले आफूहरूको मागलाई बेवास्ता गरिएको आरोप लगाउँदै बैठक बहिष्कार गरेका हुन्। उनीहरूले सरकार र सभामुख दुवैप्रति असन्तुष्टि जनाएका छन्।

यसैबीच अन्य विपक्षी दलका सांसदहरूले भने संसद्‌मै नाराबाजी जारी राखेका छन्। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै लगातार विरोध जनाइरहेका छन्।

विपक्षीको अवरोध र बहिष्कारबीच पनि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कार्यसूची अघि बढाएका थिए ।