विपक्षीको नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त विधेयक २०८२ ’ प्रतिनिधिसभाबाट पारित

User Image Prime TV News ५ दिन अगाडि
Image of विपक्षीको नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त विधेयक २०८२ ’ प्रतिनिधिसभाबाट पारित

काठमाडौ । प्रतिनिधिसभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गरेको छ। विपक्षी दलहरूको नाराबाजी र रोस्टम घेराउबीच पनि बैठक अघि बढाउँदै विधेयक पारित गरिएको हो।

बिहीबार बसेको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसपछि भएको छलफलपछि उनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।

बैठकमा विपक्षी सांसदहरूले भने लगातार नाराबाजी गर्दै अवरोध गरेका थिए। उनीहरू रोस्टम नजिक पुगेर विरोधमा उत्रिए पनि सभामुखको निर्देशनअनुसार कार्यसूची अघि बढाइएको थियो। सत्ता पक्षको बहुमतले विधेयक पारित भएपछि सरकारलाई वैकल्पिक विकास वित्त जुटाउने कानुनी आधार थपिएको छ।

विपक्षी दलहरूले भने प्रक्रिया अस्वीकार गर्दै बैठकमा सहभागी नभएको जनाएका छन्।