विपक्षी अवरोधबीच प्रतिनिधिसभा अघि बढ्यो, निर्वाचनसम्बन्धी अध्यादेश पेस

User Image Prime TV News ५ दिन अगाडि
Image of विपक्षी अवरोधबीच प्रतिनिधिसभा अघि बढ्यो, निर्वाचनसम्बन्धी अध्यादेश पेस

काठमाडौ । प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको अवरोधबीच पनि सञ्चालन गरिएको छ। लगातारको नाराबाजी र वेल घेराउका बीच सभामुख डोलप्रसाद अर्यालले कार्यसूची अघि बढाएका हुन्।

बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। अवरोधका कारण पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। पुनः सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरू रोस्टम नजिक पुगेर नाराबाजीमा उत्रिए। तर सभामुखले अवरोधका बीचै पनि कार्यसूची अघि बढाएका हुन्।

यस क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गरियो भन्ने प्रस्ताव पेस गरेकी छन्। विपक्षी दलहरू नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसहितका सांसदहरूले रोस्टम घेराउ गर्दै विरोध जारी राखेका छन्।

उनीहरूले प्रधानमन्त्री संसदमा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने माग दोहोर्याएका छन्। लगातारको अवरोधबीच पनि सभामुखले बैठकलाई कार्यसूचीअनुसार अघि बढाएका छन्।