प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षीको नाराबाजी, संसद् बैठक प्रभावित
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विरोध जनाएका छन्।
बिहीबारको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले प्रधानमन्त्री संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए। उनीहरूले सरकार संसदप्रति जवाफदेही हुनुपर्ने भन्दै नाराबाजीसमेत गरे।
विरोध जारी रहेकै अवस्थामा सभामुख डिपी अर्यालले बैठक सञ्चालन अघि बढाउने प्रयास गरेका थिए। त्यसपछि प्रतिपक्षी दलका सांसदहरू संसद्को वेलमा पुगेर घेराउ गर्दै विरोधमा उत्रिएका थिए ।
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर पछिल्ला केही दिनदेखि संसदमा लगातार विवाद हुँदै आएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर समसामयिक विषयमा स्पष्ट जवाफ दिनुपर्ने अडान राख्दै आएका छन्।







