संसद् अवरोधपछि प्रधानमन्त्री बालेन र सभामुखबीच भेट

User Image Prime TV News ५ दिन अगाडि
Image of संसद् अवरोधपछि प्रधानमन्त्री बालेन र सभामुखबीच भेट

काठमाडौ । संसद् बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्याल बीच भेटवार्ता भएको छ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषय उठाउँदै बैठकमा विरोध गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि रोकेका थिए। त्यसपछि सभामुख अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा संसद्को अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। तर प्रधानमन्त्री संसदमा कहिले आउने भन्ने विषयमा कुनै स्पष्ट सहमति भने नभएको बताइएको छ।

पछिल्ला केही दिनदेखि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री संसदमा आएर जवाफ दिनुपर्ने माग गर्दै विरोध गर्दै आएका छन्।