कांग्रेस सांसद केसीको प्रश्नः प्रधानमन्त्री कहिको टापुको सम्राट हो कि यो संसद्को अंग हो ?

User Image Prime TV News ५ दिन अगाडि
Image of कांग्रेस सांसद केसीको प्रश्नः प्रधानमन्त्री कहिको टापुको सम्राट हो कि यो संसद्को अंग हो ?

काठमाडौ । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जवाफदेही नभएको भन्दै प्रतिनिधिसभामा प्रश्न उठाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सदनलाई बेवास्ता गर्ने प्रवृत्तिमाथि आलोचना गरे। केसीले व्यंग्यात्मक शैलीमा भने, “उहाँ भिन्दै साम्राज्य, कहिको टापुको सम्राट हो कि यो संसद्को अंग हो,” भन्दै प्रधानमन्त्रीको संसद्प्रतिको भूमिका स्पष्ट नभएको टिप्पणी गरे। उनले यस विषयमा सभामुखको ध्यानाकर्षणसमेत गराए।

उनका अनुसार सरकारले विशेषगरी विपद् व्यवस्थापन र मनसुन पूर्वतयारीजस्ता संवेदनशील विषयमा गम्भीर भएर काम गर्नुपर्ने भए पनि अपेक्षित सक्रियता देखिएको छैन। केसीले प्रधानमन्त्रीले गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेको उल्लेख गर्दै विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले संसद्प्रति सरकारको जवाफदेहिता कमजोर हुँदै गएको टिप्पणी गर्दै प्रधानमन्त्री स्वयं संसद्को अंग हो वा होइन भन्ने प्रश्नसमेत उठाए।