सुन र चाँदीको मूल्य पुनः बढ्यो, तोलामै १,८०० रुपैयाँले सुन महँगियो
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यो मूल्य २ लाख ९२ हजार रुपैयाँ थियो। यससँगै सुनको मूल्य लगातार उच्च स्तरमै कारोबार भइरहेको देखिएको छ।
त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५१ हजार ८८५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ५० हजार ३४० रुपैयाँ थियो। चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य ४ हजार ३३० रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिने मूल्य उतारचढावका आधारमा नेपालमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ। बजार विश्लेषकहरूका अनुसार पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताले स्थानीय बजारमा पनि प्रभाव पारेको छ।







