आज प्रतिनिधिसभा बैठक बस्दै, निर्वाचन र वित्तसम्बन्धी विधेयकमाथी छलफल हुँदै

User Image Prime TV News ५ दिन अगाडि
Image of आज प्रतिनिधिसभा बैठक बस्दै, निर्वाचन र वित्तसम्बन्धी विधेयकमाथी छलफल हुँदै

काठमाडौ । संघीय संसद्अन्तर्गत प्रतिनिधीसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। आजको बैठकमा निर्वाचन, मतदाता नामावली र विकास वित्तसँग सम्बन्धित विभिन्न विधेयकमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक–२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। साथै उनले मतदाता नामावली (पहिलो संशोधन) विधेयक–२०८३ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक–२०८१ माथि पनि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।

बैठकमा विकास वित्त परिचालन सम्बन्धी विधेयक पारित गर्ने प्रस्तावसमेत पेश हुने सम्भावना रहेको छ। संसद्मा आज हुने छलफललाई आगामी आर्थिक तथा कानुनी व्यवस्थासँग जोडेर महत्वपूर्ण रूपमा हेरिएको छ।