दुर्गा प्रसाई पक्राउ प्रकरणमा सर्वोच्च अदालतको कारण देखाऊ आदेश

User Image Prime TV News ६ दिन अगाडि
Image of दुर्गा प्रसाई पक्राउ प्रकरणमा सर्वोच्च अदालतको कारण देखाऊ आदेश

काठमाडौ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण लिखित रूपमा पेश गर्न सरकारलाई आदेश दिएको छ।

प्रसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको इजलासले यस्तो आदेश दिएको हो। अदालतले पक्राउको आधार र अनुसन्धानको अवस्थाबारे स्पष्ट विवरण पेश गर्न भनेको छ।

साथै महान्यायाधिवक्ताको कार्यालय लाई प्रसाईँमाथि भइरहेको अनुसन्धानसम्बन्धी फाइल अदालतमा पेश गर्न पनि निर्देशन दिइएको छ। दुर्गा प्रसाई लाई सोमबार प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो। उनी त्यहाँ आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका थिए।