सेयर बजार बढ्यो, ३० अंकले उकालो लाग्यो
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । बुधबार सेयर बजारमा सुधार देखिएको छ। लगातार केही दिन घटिरहेको बजार आज भने बढेको छ। नेप्से परिसूचक आज ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा १.१० प्रतिशतले बढी हो।
आज धेरै कम्पनीका सेयर मूल्य बढेका छन्। २४८ कम्पनीको सेयर बढ्दा २१ कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ। सेन्सेटिभ इन्डेक्स पनि ३.६८ अंकले बढेर ४७१.०६ विन्दुमा पुगेको छ।
बजारका सबै १३ वटा समूह (उपसूचक) हरू बढेका छन्, जसले समग्र बजारलाई सकारात्मक बनाएको छ। आज सेयर कारोबार पनि बढेको छ। ३४६ कम्पनीका १ करोडभन्दा बढी कित्ता सेयर ५२ हजारभन्दा बढी पटक किनबेच हुँदा करिब ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ।
एक कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको पनि बजारले जनाएको छ।







