सत्तापक्ष सांसदहरू निरीह देखिएको वर्षमान पुनको टिप्पणी

User Image Prime TV News ६ दिन अगाडि
Image of सत्तापक्ष सांसदहरू निरीह देखिएको वर्षमान पुनको टिप्पणी

काठमाडौ । नेकपाका सांसद वर्षमान पुनले सत्तापक्षका सांसदहरू बजेट छलफलमा निरीहजस्तो देखिएको टिप्पणी गरेका छन्।

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले ल्याएको बजेटलाई जस्ताको तस्तै स्वीकार गर्ने अवस्था देखिएको बताए। पुनका अनुसार सत्तापक्षका सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या प्रभावकारी रूपमा उठाउन नसकेको अवस्था चिन्ताजनक छ, जसका कारण भविष्यमा जनताले उनीहरूमाथि प्रश्न उठाउने जोखिम रहेको छ।

उनले संसदको अधिवेशन ढिलो आह्वान भएकाले बजेटमाथिको छलफल पनि छिटो सकाउनुपर्ने बाध्यता सिर्जना भएको बताए। उनले सरकारको नियत संसद छल्ने खालको देखिएको भन्दै यस्तो अभ्यासले संसदीय प्रक्रिया कमजोर हुने चेतावनी दिए।

साथै, सरकारको नीति तथा कार्यक्रमलाई ‘कर्मकाण्डी’ जस्तो देखिएको भन्दै उनले बजेटलाई थप प्रभावकारी र फरक ढंगले ल्याउनुपर्ने धारणा राखे।