जेनजी मुभमेन्ट अलायन्सको स्पष्टिकरण: अक्टोबर ९ को प्रदर्शनसँग हाम्रो कुनै सम्बन्ध छैन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जेनजी मुभमेन्ट अलायन्सले आगामी अक्टोबर ९ अर्थात असोज २३ मा आयोजना हुने भनिएको विरोध प्रदर्शनमा आफूहरूको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।
हालै सामाजिक सञ्जालमा उक्त मितिमा ‘जेनजी आन्दोलनको दोस्रो चरण’ भन्ने दाबी गर्दै केही समूह र व्यक्तिहरूले प्रदर्शनको आह्वान गरिरहेका छन्। तर अलायन्सले एक विज्ञप्ति जारी गर्दै त्यस कार्यक्रमप्रति असहमति जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “हिंसा, अराजकता र गैर-लोकतान्त्रिक गतिविधिसँग जोडेर हाम्रो संस्थालाई बदनाम गर्ने प्रयासहरू स्वीकार्य छैनन्। हामी यस्तो कुनै पनि अभियानमा संलग्न छैनौं।”
अलायन्सले आफ्ना समर्थक, शुभेच्छुक र सम्पूर्ण नागरिकहरूलाई संयमित रहन र कुनै पनि भड्काउने वा उत्तेजनात्मक गतिविधिमा सहभागी नहुन आह्वान गरेको छ।
भदौ २३ मा राजधानीमा आयोजित शान्तिपूर्ण प्रदर्शनपछि जेनजी मुभमेन्टको चर्चा चुलिएको थियो। त्यसयता विभिन्न समूहहरूले आन्दोलनको नाममा विभिन्न गतिविधिहरूको आयोजना गर्दै आएका छन्।













