सुकुम्वासी व्यवस्थापनमा सरकारको निर्णय व्यवहारिक नभएको एमाले सांसदको टिप्पणी

User Image Prime TV News ६ दिन अगाडि
Image of सुकुम्वासी व्यवस्थापनमा सरकारको निर्णय व्यवहारिक नभएको एमाले सांसदको टिप्पणी

काठमाडौ । नेकपा एमालेका सांसद  गुरु बरालले सुकुम्वासी व्यवस्थापनमा सरकारले अपनाएको नीति व्यवहारिक नभएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले स्थायी बसोबासको व्यवस्था नगरी नागरिकलाई स्थानान्तरण गर्नु गलत भएको टिप्पणी गरे।

बरालका अनुसार सरकारले सुकुम्वासीलाई मासिक १५ हजार रुपैयाँ र अस्थायी बसोबासका लागि २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ, तर यो निर्णय वास्तविक जीवनसँग मेल नखाने बताए। उनले प्रश्न गरे, “एक दिनको १०० रुपैयाँले काठमाडौंमा एउटा परिवार कसरी बाँच्न सक्छ ?”

उनले विस्थापित परिवारलाई एकै ठाउँमा बस्न नदिइएको र होल्डिङ सेन्टरमा अमानवीय व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद बरालले सुकुम्वासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्पष्ट नीति आवश्यक रहेको पनि बताए।

साथै उनले सुकुम्वासीलाई स्थायी प्रबन्धको व्यवस्था नगरेर आन्दोलनतर्फ धकेलिरहेको टिप्पणी गरेका छन् ।